Section 14
अस्थायी रुपमा भन्सार मूल्य निर्धारण गर्न सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा भन्सार अधिकृतले पैठारी भएको मालवस्तुको मनासिब अस्थायी भन्सार मूल्य दफा-१३ को अधीनमा रही निर्धारण गर्न सक्नेछः-
(क) पैठारीकर्ताले मनासिब कारण देखाई मालवस्तुको मूल्याङ्कनको लागि आवश्यकपर्ने कागजात तथा अन्य जानकारी तत्काल उपलब्ध-गराउन नसक्ने व्यहोराको निवेदन दिएमा,
(ख) मालवस्तुको प्रयोगशाला परीक्षण वा अन्य जाँच गरेपछि मात्र भन्सार मूल्य निर्धारण गर्नुपर्ने वा गर्न सकिने भएमा वा पैठारीकर्ताले उपलब्ध गराएको कागजात र जानकारीका सम्बन्धमा थप जाँचबुझ गर्नुपर्ने देखिएमा ।
(२) उपदफा (१) बमोजिम अस्थायी भन्सार मूल्य निर्धारण भएपछि पैठारीकर्ताले त्यस्तो मालवस्तुमा लाग्ने महसुल धरौटीमा राखी मालवस्तु छुटाउन चाहेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गरिदिनेछ ।
(३) उपदफा (१) बमोजिम अस्थायी मूल्य निर्धारण भएको मितिले तीस दिनभित्र भन्सार अधिकृतले सो मालवस्तुको भन्सार मूल्य दफा १३ बमोजिम निर्धारण गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निर्धारण भएको भन्सार मूल्य उपदफा (१) बमोजिम निर्धारण भएको अस्थायी भन्सार मूल्यभन्दा बढी भएमा भन्सार कार्यालयले त्यसरी बढी भएजति मूल्यमा लाग्ने महसुल त्यस्तो पैठारीकर्ताबाट असुल उपर गर्नु पर्नेछ र घटी भएमा बढी असुल भएको महसुल निजलाई फिर्ता दिनु पर्नेछ ।